
काठमाडौँ, १३ पुस । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रालिका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया