३० आश्विन २०८३, शुक्रबार

जनवरी १ मा सातौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ पुस । नेपाली टोपी प्रतिष्ठानले “सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” मनाउने भएको छ ।

स्वतस्फूर्त रुपमा युवाहरुले विगत ६ वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आईरहेका छन् । यसै क्रममा, सातौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन लागिएको प्रतिष्ठानले विज्ञप्तीमा उल्लेख गरेको छ ।

विज्ञप्तीमा नेपाली ढाका टोपीको बारेमा पनि प्रकाश पारिएको छ । नेपाली टोपीका बारेमा विज्ञप्ती केही तथ्यहरु यसरी उल्लेख गरिएको छ । नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ ।

म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।

ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो । बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जून एउटा अपभ्रम र मिथ्या मात्रा हो ।

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानको विज्ञप्ती भनिएको छ ।

यस अभियानलाई थप व्यापक र व्यवस्थित बनाउने उद्देश्यले नै यस अभियानका संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा गैर नाफामुलक “नेपाली टोपी प्रतिष्ठान” नामक संस्था पनि गठन गरिएको बताइएको छ ।

साथै, नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा, हाल सम्ममा ३९ देशमा समेत प्रतिष्ठानका शाखा विस्तार भइसकेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिष्ठानका अनुसार नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आआफ्नो धर्म जाति र संस्कृती अनुसार पहिरिने टोपीलाई नेपाली टोपी हो ।

प्रतिष्ठानले यही पुस १६ गते (१ जनवरी, २०२०) का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्न सबैमा अपील गरेको छ ।

साथै, नेपाली टोपी प्रतिष्ठानका नेपाल स्थित, जिल्ला शाखा एवं नेपाली टोपी प्रतिष्ठानका ३९ देशमा रहेका सबै अन्तर्राष्ट्रिय शाखाहरुलाई समेत आधिकारिक रुपमा सातौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन नेपाल टोपी प्रतिष्ठानले अनुरोध गरेको छ ।