२९ आश्विन २०८३, बिहिबार

बाल्टिमोरमा सफल भयो मेसिन रिडेबल पासपोर्ट घुम्ती सेवा (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5

– विजय थापा 

बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरील्याण्ड राज्यको बल्टिमोरमा उत्तर अमेरिकाको नेपालीहरुको जेष्ठ सामाजिक सस्था अमेरिका नेपाल सोसाईटी, नेपाली राजदुतावास वासिङ्टन डिसी तथा कास्की समाज अमेरिकाको संयुक्त आयोजनामा मेसिन रिडेवल पासपोर्टका बारेमा जानकारी दिने तथा नयाँँ आबेदन पत्र समेत बुझ्ने काम बाल्टिमोरमा सम्पन्न भएको छ ।

एमआरपी घुम्ती सेवा निकै प्रभावकारी भएको जानकारी बल्टिमोरकी महिला सामाजिक कार्यकर्ता तथा बानाकी पूर्व सभापति रबिना थापाले बताईन । बिगत दशक देखि नै सामाजिक सेवामा सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएकी थापाको पहलमा पहिलो पटक यो कार्यक्रम भएको हो ।

1

उनले बिगतमा पनि आप्रवासन, रोजगारी तथा अन्य बिबिध बिषयमा समस्या परेका नेपाली समुदायलाई दिल खोलेर सहयोग गर्दै आएकी छिन् । कार्यक्रममा निकै घुइचो लागेको र करिब ७५ जनाले आबेदन पत्र भरे भने झन्डै सय जना जति कागजात राम्रो बुझाउन नसकेको र तस्बिरका कारण फर्किनु परेको जानकारी अमेरिका नेपाल सोसाइटीका सभापति जीवन तिवारीले दिए ।

2

कस्केली समाजका अध्यक्ष नारायण थापाले सबै नेपालीलाई कागजात नभएका र शरणार्थी अवस्थामा रहेका नेपालीलाई पनि एमआरपी दिनु पर्ने कुराको आवाज उठाएका थिए ।

कार्यक्रममा नेपाली दुतावासका उप नियोग प्रमुख नारायण प्रसाद मैनाली एमआरपी घुम्ती सेवा संचालन गरि नेपाली समुदाय लाई सेवा गर्न पाइएकोमा हर्ष ब्यक्त गर्नु भयो भने अमेरिका नेपाल सोसाइटीका सभापति जीवन तिवारीले आगामी दिनमा पनि दुतावास संग मिलेर काम गर्न तयार छौ भन्दै सबैलाई धन्यबाद दिए ।  3 4  6 7 8