१४ कार्तिक २०८३, शनिबार

१४ वर्षीया बालिका बलात्कार आरोपमा ६९ वर्षीय वृद्ध पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, १३ पुस ।  १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक वृद्व पक्राउ परेका छन् । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका –९ झुलाका ६९ वर्षीय जसे दमाई बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दमाइको गोठ नजिकै पीडित घाँस काट्न आएको बेला ललाइ फकाइ बोलाएर गोठभित्र लिएर दुई पटक जवरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

जवरजस्ती करणीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको कुरा पीडित पक्षको दावी छ । पीडितको उजुरीको आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।