१ कार्तिक २०८३, आइतबार

भारतमा प्रियंका गान्धीलाई हातपात

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १३ पुस । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई उत्तर प्रदेश प्रहरीले गला समातेर हातपात गरेको छ ।

नागरिकता संशोधन कानुनको विरोध गर्दा गिरफ्तारीमा परेका अवकाशप्राप्त प्रहरीको घर जाने क्रममा आफुमाथि हातपात भएको प्रियंकाले दावी गरेकी छिन् । ७६ वर्षीय पूर्व प्रहरी अधिकारी एसआर दारापुरीको घर जाने क्रममा प्रियंका एक स्कुटरमा बसेकी थिइन् ।

उत्तर प्रदेश प्रहरीले भने प्रियंकामाथि कुनै आक्रमण या दुव्र्यवहार नभएको बताएको छ। निर्धारितभन्दा फरक बाटोबाट हिँडेकाले प्रियंकालाई बाटैमा रोकिएको प्रहरीले दाबी गरेको छ ।

प्रियंकाले भने आफूलाई महिला अधिकारीले बलपूर्वक रोकेर गर्धनमा समातेर तानेको फेसबुकमा उल्लेख गरेकी छिन् ।

सत्तारुढ भारतीय जनता पार्टीको सरकारले कायरता देखाइरहेको भन्दै उनले उत्तर प्रदेशको जुन ठाउँमा गएपनि त्यो भाजपा सरकारले तोक्ने विषय नभएको बताइन् ।