१ कार्तिक २०८३, आइतबार

आईएसद्वारा बदला स्वरुप ११ इसाईको घाँटी रेटेर हत्या

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ पुस ।  अन्तर्रा्ष्टिय आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या गरेको छ ।

आईएसले आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको हो । बगदादीको यसै वर्षको २६ अक्टुबरमा अमेरिका सेनाबाट हत्या भएको थियो । यो घटनापछि आईएसले बदला लिनका लागि नयाा अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् ५६ सेकेन्डको एक भिडियो सार्वजनिक गर्दै सो जानकारी दिएको हो । भिडियोमा एक व्यक्तिलाई गोली हानेर र बााकी १० जनालाई धकेलेर खाल्डोमा खसाएपछि घाँटी रेटेर हत्या गरिएको देखिन्छ ।

हत्या गरिएकाहरु सबै पुरुष भएपनि उनीहरुको परिचय खुलाइएको छैन । उनीहरुलाई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको बताइएको छ ।