३ कार्तिक २०८३, मंगलबार

म्यानचेस्टर सिटीलाई गम्भीर धक्का, पेप गार्डिवलासँग पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १२ पुस । म्यानचेस्टर सिटीलाई गम्भीर धक्का लागेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी वुल्भ्ससँग ३–२ ले पराजित भएको हो ।

खेलको अधिकांश समय १० खेलाडीमा सीमित भएको म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लिएको थियो । तर दोस्रो हाफमा सम्हालिन नसक्दा उसले हार बेहोर्न बाध्य भयो ।

१२ औँ मिनेटमा एन्डर्सन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सीमित भएको हो । उसका लाग २५ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

रहीमले नै ५० औँ मिनेटमा गोल गरेपछि सिटीको अग्रता दोब्बर बन्यो । तर त्यसपछि वुल्भ्सले लगातार गोल गरेको हो । वुल्भ्सका लागि ५५ औँ मिनेटमा ट्राओरीले पहिलो गोल गरे ।

८२ औँ मिनेटमा जिमेनेजले गोल गर्दै वुल्भ्सलाई २–२ को बराबरीमा ल्याए । यस्तै ८९ औँ मिनेटमा डोहर्टीले गोल गरेपछि वुल्भ्स ३–२ ले विजयी भयो ।

पराजयपछि सिटीले दोस्रो स्थानमा उक्लिने मौका गुमायो र ३८ अंकसहित तेस्रो स्थानमा कायम छ । १९ खेलबाट ३९ अंकसहित लेस्टर सिटी दोस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलले एक खेल कम खेलेको छ र उसको ५२ अंक छ ।