१ कार्तिक २०८३, आइतबार

सिरियाको इद्लिव प्रान्तबाट साढे २ लाख नागरिकले घर छाडे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १२ पुस । सिरियाको इद्लिव प्रान्तबाट १३ दिनमा झण्डै साढे २ लाख नागरिकले घर छाडेका छन् । यही मंसिर २६ देखि गएको बुधबारसम्म १३ दिनमा इदलिवका २ लाख ३५ हजार नागरिकले घर छाडेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

उत्तर दक्षिण सिरियाको इद्लिव, राष्ट्रपति बसर अल असद विरुद्ध रहेका विद्रोहीको कब्जामा रहेको शहर हो । रुस समर्थित सिरियाली सरकारले नोभेम्बर महिनादेखि आक्रमणलाई तिब्रता दिएपछि मध्य डिसेम्बरमा घर छाडेर भाग्नेको संख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

आक्रमण पछि हजारौं परिवार ट्रक र कारमा उत्तरतिर रहेको शहर र शरणार्थी शिविरतिर लागेका बीबीसीले जनाएको छ ।