३० आश्विन २०८३, शुक्रबार

पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भद्रपुर, १० पुस । पूर्वाञ्चल क्यान्सर अस्पतालले यही पुस १६ गतेदेखि आफ्नो सेवा शुरुआत गर्ने भएको छ । झापाको विर्तामोड–५ मा अवस्थित सो अस्पताल रु चार अर्ब लगानीमा निर्माण सम्पन्न भएको हो ।

बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईले ३०० श्ययाको अस्पतालले नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनदेखि रेडियो थेरापी सेवा प्रारम्भ हुने जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवका अनुसार अस्पतालले अत्याधुनिक टुबिम मेशिन भित्र्याएकोछ । विसं २०७१ फागुन १८ गते विर्तामोडमा बिएन्डसी अस्पतालले सेवा शुरु गरेको थियो । –रासस