३० आश्विन २०८३, शुक्रबार

चाँगुनारायण पूर्ण सरसफाइयुक्त घोषित हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० पुस । चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रलाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने भएको छ । “सफासुग्घर घर आँगन, सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ, चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ विसं २०७८ भित्रमा पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने जनाएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले नगरपालिकालाई सो अवधिसम्ममा पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो ।

ग्लोबल सेनिटेशन फण्ड र युएन ह्याविट्याटको सहयोगमा सञ्चालित कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिना बाँस्तोलाले सरसफाइको अवस्था कमजोर भएकाले श्रमिकका बालबालिकाको उचित स्याहार तथा सरसफाइको अवस्थामा सुधार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शाखा प्रमुख नीला घिमिरे, वासका प्रतिनिधि रामेश्वर थापा, युएन ह्याविट्याटका पार्वती दङ्गाल, नेपाल स्वच्छ वातावरण सिर्जना केन्द्रका इन्द्रबहादुर थापा, कार्यक्रम संयोजक राम सत्याल, भक्तपुरका इँटा व्यवसायीले नगरपालिकाको लक्ष्य पूरा गर्न सबैको तर्फबाट सहयोग रहनुपर्ने  औँल्याउनुभयो । –रासस