३० आश्विन २०८३, शुक्रबार

वैदेशिक रोजगारमा जाने सात हजारलाई परामर्श

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesh-abroadकञ्चनपुर, १९ फागुन । वैदेशिक रोजगारमा जाने युवालाई सूचना तथा परामर्श दिन खोलिएको सूचना केन्द्रले वैदेशिक रोजगारमा जाने करिब साढे सात हजार व्यक्तिलाई सुरक्षित वैदिशक रोजगारसम्बन्धी परामर्श दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा एक वर्षअघि खोलिएको सो केन्द्रले सन् २०१४ सम्म सात हजार ५१३ जनालाई सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरेको जनाएको छ ।

केन्द्र सञ्चालनमा आएपछि वैदेशिक रोजगार जाने व्यक्तिले राहदानी बनाउँदा केन्द्रमा गएर परामर्श लिने गरेका छन् ।

केन्द्रका परामर्शदाता लक्ष्मी बोहराले विदेश जाँदा मेनपावर कम्पनी, सरकारले श्रम स्वीकृत दिएका मुलुक सम्बन्धित देशको अवस्था, कानुनी प्रावधान, बाटोमा अपनाउनुपर्ने सावधानीलगायत विषयमा परामर्श दिने गरिएको बताउनुभयो ।