
धादिङ, ९ पुस । सिद्धलेक गाँउपालिका वडा नं. ४ स्थित् रिभर पार्क रिसोर्टले द्धारा पानिमा बगिरहेको मान्छेको जिवितै उद्धार गरेको छ ।
वुधबार दिउँसो त्रिशुली नदिमाथि एक युवा काठको मुढासँगै अतालिँदै पौडिरहेको देखेपछि रिसोर्टको मोटरबाट मार्फत् उद्धार गरिएको रिसोर्टका संचालक राममणी सिलवालले जानकारी दिए ।
सिलवालका अनुसार वुधबार दिउँसो नदीमा एक युवा काठको मुढा समाउँदै अतालिरहेको देख्यौँ, रिसोर्टमा काम गर्ने कामदारहरु त्यहि थिए र हामीसँग रिसोर्टले प्रयोग गर्दै आएको मोटर बोर्ट स्टिमर थियो । त्यसैले तुरुन्तै कामदारहरुलाई स्टिमर लैजान आग्रह गर्यौँ । सिलवालले भने ।
स्टिमर पुग्दा उक्त व्यक्ति चलमलाउन छोडिसकेको सिलवालले बताए । चिसोका कारण होस गुमेको भन्ने ठानेर स्टिमर मार्फत् पारीपट्टी बगरमा लग्यौँ र घरेलुविधि मार्फत् पानी निकाल्यौँ अनि ईलाका प्रहरी कार्यालय बेनिघाटबाट आएको प्रहरी टोलीलाई जिम्मा लगायर प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएका छौँ सिलवालले बताए ।
उक्त व्यक्ति गोर्खा जिल्ला छोप्राक घर बताउने अन्दाजी वर्ष ३५ को राजकुमार पोख्रेल रहेको जिल्ला प्हरी कार्यालय धादिङका प्रमुख एसपी रबिन्द्र रेग्मीले जानकारी दिए ।
उक्त व्यक्तिले आत्महत्या या अन्य कारण त्रिसुली नदिमा पसे भन्ने कुराको अनुसन्धान जारी रहेको समेत एसपी रेग्मीले बताए । अहिले उक्त व्यक्तिको गजुरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।















प्रतिक्रिया