३० आश्विन २०८३, शुक्रबार

दुधपोखरी गाउँपालिका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ्ग, ९ पुस । लमजुङ्गको दुधपोखरी गाउँपालिकाकी अध्यक्ष छुपिमाया गुरुङले प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेकी छन् । आफ्नै पालिकामा कार्यरत अधिकृत धुब्र खनाललाई दुर्व्यवहार गरेकी हुन् ।

सामान्य विषयमा विवाद हुँदा उनले खनालको कोट समातेर लछारपछार गरेको बताइएको छ । लछारपछारका कारण खनालको कोट च्यातिएको तथा सामान्य घाइतेसमेत भएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत धुब्र खनालले आफूमाथि अध्यक्षले अमानवीय व्यवहार गरेको बताएका छन् ।

खनालमाथिको दुर्व्यवहारका कारण अमानवीय शैलीप्रति अध्यक्ष गुरुङको सर्वत्र आलोचना सुरु भएको छ । यसअघि पनि अध्यक्ष गुरुङको कार्यशैलीका कारण गाउँपालिकामा कर्मचारीहरु जान मन नगरेको तथा कर्मचारी वृत्तमा उनको आलोचना हुँदै आएको थियो ।