३० आश्विन २०८३, शुक्रबार

४ जना बंगलादेशी नागरिक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, ८ पुस । नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिकहरु २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् ।

भक्तपुर थिमी नगरपालिका १ मा रहेको परिधि गिफ्ट सपबाट गत बिहिबार बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट २ हजार नेपाली रुपैयाँ दिई फरार भएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोलीले सुमन बस्ने गरेको कोठा तलासी गर्दा १ हजार दरको नक्कली नोट जस्तो देखिने १६ थानसहित कुल १८ थान नक्कली नेपाली नोट सहित कोठामासँगै बस्ने ३ जनालाई नियन्त्रणमा लिएको हो ।

नक्कली नोट दिई फरार भएका अभियुक्त सुमन खानलाई विशेष सूचनाको आधारमा काठमाडौँ पेप्सीकोला टाउनप्लानिङमा लुकिछिपी बसेको अवस्थामा आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई उपर भक्तपुर जिल्ला अदालतमा पेश गरी मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।