
काठमाडौं, ८ पुस । समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकार छाड्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठक बसेको पार्टीले संविधान संशोधनका विषयमा प्रधानमन्त्री सकारात्मक नभएको भन्दै आफ्ना अध्यक्ष उपेन्द्र यादवसहित मन्त्रिपरिषद्का अन्य सदस्यलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।
अध्यक्ष यादवले सरकारबाट राजीनामा दिएको घोषणा गर्ने भएका छन् । संविधान संशोधनको प्रस्ताव सोमबारको मन्त्रिपरिषद्को बैठकमा लगेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले झपारको विवरण सतहमा आएको थियो ।















प्रतिक्रिया