३० आश्विन २०८३, शुक्रबार

पहिलोपटक नारायणीमा पानीजहाज चल्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ पुस । नारायणी नदीमा नेपालमै पहिलोपटक दुईतले क्रुजशीपको सफल परीक्षण भएको छ ।

आगामी महिनाको जनवरीबाट प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा व्यवसायिक रुपमा उद्घाटनको योजना रहेको पानीजहाजको पुस ६ गते परीक्षण गरिएको हो ।
नारायणी नदीको काभ्रेघाटस्थित डेढ किलोमिटरको आसपासका क्षेत्रमा पानीजहाज परीक्षण गरिएको हो ।

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले चितवनको नारायणी नदीमा सञ्चालन गर्नका लागि १५ करोडको लगानीमा क्रुजशीप निर्माण गरिरहेको छ ।

१०० फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइ हुने उक्त क्रुजशीपको तौल ६० टनको हुने र यसले ३०० देखि ४०० टनसम्म बोक्न सक्ने कम्पनीले जनाएको छ ।

दुईवटा इन्जिन राखिएको क्रुजशीप पानीको सुल्टो–उल्टो दुवै दिशातर्फ प्रतिघन्टा ४० किलोमिटरका दरले चल्न सक्नेछ ।

गत वर्षको चैतबाट उक्त क्रुजशीपको निर्माण शुरू गरिएको थियो । यससँगै चितवनमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । तस्वीर वाटर इन्टरटेनमेन्ट