१ कार्तिक २०८३, आइतबार

दिल्लीकाे कपडा गोदाममा आगलागी, नौजनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस ।  भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा कपडा गोदाममा आगलागी हुादा नौजनाको मृत्यु भएको छ । उत्तरपूर्वी दिल्लीको किरारी क्षेत्रमा रहेको तीन तले भवनको भुाइतलामा रहेको कपडा गोदाममा आइतबार राति करीब साढे बाह्र बजे आगो सल्केको थियो ।

आगलागीमा दशजनाभन्दा बढी घाइते भएका छन् । आगलागी भएको भवनमा सुरक्षाको प्रबन्ध अत्यन्त कमजोर रहेको र एउटा मात्रै सााघुरो भर्‍याङ रहेको बताइएको छ । मृत्यु हुनेमा एउटै परिवारका सदस्यहरु रहेको बताइएको छ । आगलागी खाना पकाउने ग्यास सिलिण्डर पड्केर भएको प्रारम्भिक अनुमान छ ।

दुई साताभित्रै नयाादिल्लीमा आगलागीको यो दोस्रो घटना हो । यसअघि ८ डिसेम्बरमा दिल्लीकै रानी झाासी रोडमा रहेको पुरानो अनाज मण्डी बजारमा रहेको एउटा झोला र खेलौना कारखाना रहेको भवनमा बिजुलीको तार सट भएर आगालागी हुादा ४३ जनाको ज्यान गएको थियो भने १५ भन्दा बढी घाइते भएका थिए । दिल्लीको अति नै व्यस्त बजारको सााघुरो गल्लीमा रहेको चारतले भवनमा पनि सुरक्षाका कुनै पनि प्रबन्ध थिएन ।