लण्डन, ७ पुस । रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्ने मौका गुमाएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड एथ्लेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको हो । अति महत्वपूर्ण खेलमा गोल गर्न नसकेपछि क्रिसमस ब्रेकमा रियल मड्रिड बार्सिलोना भन्दा दुई अंकले पछि रहन बाध्य भयो ।
बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको १८ खेलबाट ३७ अंक भएको छ । समान खेलबाट ३९ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ ।
आइतबार राति नै भएका अरु खेलमा लेगानेशले स्पानियोललाई २–०, रियल सोसिडाडले ओसासुनालाई ४–३, एथ्लेटिको मड्रिडले रियल बेटिसलाई २–१ तथा लेभान्टेले सेल्टा डी भिगोलाई ३–१ ले पराजित गरेको छ ।















प्रतिक्रिया