३० आश्विन २०८३, शुक्रबार

प्रभु बैंकको नयाँ शाखा तौलिहवामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ पुस । प्रभु बैंक लिमिटेडले पुस ६ गते कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. १ स्थित तौलिहवामा आफ्नो २०२ औँ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको तौलिहवा शाखा कार्यालयको समुद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले एक समारोहबीच विहान गरेका हुन् । यो शाखा सहित प्रभु बैंकको कुलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटिएम संख्या १५२ पुगेको छ ।

बैंकको तौलिहवामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी किरण सिंहले प्रभु बैंकले तौलिहवामा आफ्नोे शाखा सञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताए ।

मन्तव्यको क्रममा उहाले बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना समेत व्यक्त गरे ।

बैंकको तौलिहवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय सर्वसाधारणहरु, उद्योगी व्यापारी तथा अन्य संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा तौलिहवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।