३० आश्विन २०८३, शुक्रबार

दहमा डुबेर बालकसहित २ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, ६ पुस । दाङमा घर छेउमै रहेको किचिनि दहमा डुबेर २ जनाको निधन भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं.१ स्थित अठ्ठाईसे स्थानमा स्थानीय २५ वर्षे युवराज घर्ती र ४ वर्षे बालक शमिर घर्तीको त्यही रहेको किचिनि दहमा डुबेर आइतबार मृत्यु भएको हो ।

दहको पानीमा खेल्ने क्रममा डुबी बेहोस भएका उनीहरुलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याउँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।