
राजविराज, ५ पुस । सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा शनिबार अजिङ्गर फेला परेको छ ।
स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिङ्गर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । करिब २५ किलो तौल भएको अजिङ्गर झाको घरको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले अजिङ्गरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
फेला परेका अजिङ्गरलाई वन्यजन्तु आरक्षणको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई महिना अगाडि पनि सप्तरी जिल्लाको खाँडो नदीको किनारमा अजिङ्गर फेला परेको थियो । –रासस















प्रतिक्रिया