३० आश्विन २०८३, शुक्रबार

यसकारण लम्बियो नेकपा स्थायी समिति बैठक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक लम्बिएको छ । विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद हुँदा बैठक लम्बिएको हो ।

सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो । प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ । हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

शनिबारको बैठकमा एमसीसीको पक्ष विपक्षमा छलफलको क्रम रहेकोले निष्कर्ष ननिस्केको हो । यस विषयमा नेतृत्वले थप छलफल गरेर आइतबार बिहान ११ बजे बस्ने निर्णय गर्दै टुंगिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राखेपछि छलफलको क्रम पूरा भएको छ ।

बैठकमा उठेका प्रश्नहरुको जवाफ अध्यक्ष प्रचण्डले दिएका थिए । नेताहरुद्धारा केही पुरक जिज्ञासाहरु पनि राखेका थिए ।

प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई आइतबारको बैठकले पारित गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमसीसीको विषय चर्को रुपमा उठेपछि बैठक एक दिन लम्बिएको हो ।