
पर्सा, ५ पुस । वीरगञ्जमा मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी चोरी गर्न खोज्ने ४ जना शुक्रबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा बारा कोल्बी नगरपालिका ६ सखुवाहा बस्ने २३ वर्षीय देवराज चौधरी, सोही नगरपालिका ५ मलहनिया बस्ने १८ वर्षीय आशा चौधरी, करहियामाई गाउँपालिका ५ ठोरिहाई बस्ने २० वर्षीय राकेश चौधरी र २० वर्षीय दिपक चौधरी रहेका छन् । उनीहरुलाई पर्सा वीरगंज महानगरपालिका १५ प्रतिमा चोकबाट
मोटरसाइकल चोरीमा प्रयोग गरिने मास्टर साँचो १ थान र प्लक २ थानसहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया