३ कार्तिक २०८३, मंगलबार

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुष । सहिद स्मारक ए डिभिजन लिगमा आज ९शनिबार० दुई खेल हुँदैछन् ।

शनिबार लिगको दशौँ खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे सुरु हुनेछ ।

त्यस्तै दिनको दोस्रो खेलमा गत सिजनको उपबिजेता संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।