
काठमाण्डौँ, ५ पुस । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको स्टाटस ट्वीटरमा रिट्वीट गरेपछि सर्वत्र चासोको विषय बनेको छ ।
नेपालमा मात्रै नभइकन भारत लगाएतका सञ्चारमाध्यमहरुले समेत यसमा चासो सहित समाचार प्रकाशन प्रशारण गरेका छन् । भातीय नेतृ गान्धीले भारतीय जनता पार्टीको आलोचना गर्दै ट्वीट गरेकी थिइन् ।
नेपालका प्रधानमन्त्री ओलीको ट्वीटर ह्याण्डेलबाट उक्त स्टाटस रिट्वीट् भएको थियो । जसले गर्दा नेपालभर सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यो चासोको मुद्दा बनेको छ ।
तर प्रधानमन्त्रीका प्रस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको ट्वीटर दुरुपयोग भएको भन्दै प्रधानमन्त्री ओलीले रिट्वीट् गरेको भन्ने समाचारको खण्डन गरेका छन् । यससागै प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट गरिएको रिट्वीट हटाइयो । थापाले यसबारे अनुसन्धान भइरहेको पनि जनाएका छन् । प्रधानमन्त्रीबाट भने यसबारे केही प्रतिक्रिया आएको छैन ।
के थियो त सोनियाको ट्वीटरमा ? विवादास्पद नागरिकता कानुनलाई लिएर भारतमा आन्दोलन जारी छ ।















प्रतिक्रिया