
काठमाडौँ, ४ पुस । प्रहरीले अवैध रुपमा भन्सार छलेर लैजान लागेको १ सय ४९ ग्रामको सुनको बाला ३ थान र ल्यापटप ३ थानसहित दुइ जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं महानगरपालिका ७ चाबहिल मैजुबहाल बस्ने सर्लाही लालबन्दी नगरपालिका ५ का २३ वर्षीय विक्रम पोखरेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
बाहिरी मुलुकबाट काठमाडौँ आएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त परिमाणको सुन र ल्यापटप संकलन गरी लैजान लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै नेपाल एयरलाइन्सको उडानद्वारा दुबइबाट काठमाडौं आएका पर्बत फलेवास नगरपालिका ११ घर भएका राहदानी नम्बर ०५७२५०८१ वाहक २७ वर्षीय बिनोद कडेंललाई भन्सार छलि लैजान लागेको ९९ गाम्रको सुनको बाला २ थानसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थलको पार्किङ एरियामा जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ दुवै जनालाई बरामद सुन तथा ल्यापटप सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।















प्रतिक्रिया