काठमाडौँ, १८ फागुन । नेपाल टेलिकमले अघिल्लो वर्ष प्रयोगमा ल्याएको एप्समा सेवा विस्तार गरेको छ ।
एन्ड्रोइड स्मार्ट मोबाइल प्रयोगकर्ता ग्रहकलाई लक्षित गरी प्रयोगमा ल्याएको एप्समा हाल एडिएसएलका साथै प्रिपेड, पोस्टपेड र सिडिएमए मोबाइलको महसुल भुक्तानी, ब्यालेन्स ट्रान्सफर, रिचार्ज, फ्राइन्ड एन्ड फमिली इन्क्वाइरी, उजुरी दर्ता, विभिन्न सेवाका लागि लाग्ने महसुल, कार्यालयको गतिविधिलगायतका जानकारी पाउन सकिने भएको छ ।
अघिल्लो वर्ष सो एप्समा ब्यालेन्स ट्रान्सफर, प्रिपेड रिचार्ज, फ्राइन्ड एन्ड फेमिली इन्क्वाइरीजस्ता सेवामात्र राखिएको आज यहाँ आयोजित पत्रकार भेटघाटमा व्यापार महाशाखाका उपप्रबन्धक डिल्लीराम अघिकारीले जानकारी दिनुभयो ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले घरमै बसेर पनि महसुल भुक्तानीको काम गर्न सकिने र यस संस्थाको वेभसाइट हेर्न पनि मोबाइलबाटै हेर्न सकिनेजस्ता धेरै सुविधा यो एप्समा राखिएको बताउँदै आगामी दिन थप सेवा विस्तार र गुणस्तरमा ध्यान दिँदै जाने बताउनुभयो ।















प्रतिक्रिया