
काठमाडौँ, ३ पुस । वडाध्यक्ष २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल डिस्वा मगर रंगेहात पक्राउ गरेको हो ।
अध्यक्ष र लेखनदास रवीन्द्र यादवले कार्यालयबाट सिफारिस दिने भन्दै २ लाख घुस मागेका थिए ।
उनीहरुलाई स्थानीय होली चाइल्ड स्कुलबाट आयोगले पक्राउ गरेको हो । उनीहरुमाथि आयोगले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया