
काठमाण्डौँ, ३ पुस । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित ९ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ७ हजार ५ सय १० रूपैयाँसहित पक्राउ गरेको हो ।
वुधबार उनीहरुलाई काठमाण्डाँै नागार्जुन नगरपालिका ९ स्विचाटार स्थित सिताराम बुढाथोकीको घरबाट बुढाथोकी सहित ९ जनालाई पक्राउ गरिएको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया