३ कार्तिक २०८३, मंगलबार

म्यानचेस्टर युनाइटेड काराबाओको सेमिफाइनल प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ पुस । म्यानचेस्टर युनाइटेडले लिग कप फुटबल (इएफएल) अर्थात काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

लिग कप अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलमा कोलचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । म्यानचेस्टर युनाइटेडको जितमा मार्कस रासफोर्डले ५१ औँ तथा एन्थोनी मार्सलले ६१ औँ मिनेटमा गोल गरे ।

कोलचेस्टर युनाइटेडका ज्याक्सनले ५६ औँ मिनेटमा आत्मघाति गोल गरे । यो जितपछि म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अक्सफोर्ड युनाइटेडलाई पराजित गर्दै म्यानचेस्टर सिटीले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

बुधबार राति नै भएको अर्को खेलमा एभर्टनलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै लेस्टर सिटी पनि सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।