१ कार्तिक २०८३, आइतबार

ट्रम्पले गरे पत्रमार्फत पेलोसीकाे आलाेचनाे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, २ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले महाअभियोगको घेरामा छन् । तल्लो सदनको न्यायीक समितिले ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेसँगै सो प्रस्तावमाथि अब तल्लो सदनमा मतदान हुने तयारी छ ।

तल्लो सदनको नेतृत्व गरेकी छन् डेमोक्रयाटिक नेतृ न्यान्सी पेलोसीले । उनी सभामुख हुनन् । उनकै नेतृत्वमा राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान भएर महाअभियोग प्रस्ताव तयार भएको हो ।

महाअभियोगको घेरामा रहेका राष्ट्रपति ट्रम्पले पेलोसीलाई पत्र लेखेर उनको निन्दा गरेका छन् । अति आक्रोशित रुपमा लेखिएको सो पत्रमा ट्रम्पले न्यान्सी पेलोसीमाथि गम्भीर आरोप लगाएका छन् ।

पेलोसीले अमेरिकी प्रजातन्त्रमाथि खुला युद्धको अवस्था सिर्जना गरेको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले मंगलबार पठाएको पत्रमा पेलोसीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘तिम्ले अति नै कुरुप शब्द महाअभियोगलाई अति नै सस्तो बनायौ ।’

ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा अमेरिकी संसदको तल्लो सदनमा बुधबार मतदान हुँदैछ । व्यक्तिगत राजनीतिक हितका लागि शक्तिको दुरुपायोग गरी युक्रेनमाथि दबाब बनाएको आरोप ट्रम्पमाथि छ ।

ट्रम्पमाथि महाभियोग लाग्ने अपेक्षा छ, किनकी तल्लो सदनमा डेमोक्र्याटकको बहुमत छ । तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएमा ट्रम्पमाथि औपचारिक रुपमा संसदबाट महाअभियोग लाग्नेछ । त्यसपछि माथिल्लो सदनमा त्यसको सुनुवाई सुरु हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।

ट्रम्पले आफूमाथिको महाअभियोग प्रक्रिया रोकिने आशमा सभामुख पेलोसीलाई ६ पृष्ठ लामो पत्र लेखेका हुन् । ट्रम्पको यो पत्रलाई आफू विरुद्धको संसदीय प्रक्रियामा अवरोध सिर्जना गर्ने मनसायको स्पष्ट प्रमाणका रुपमा हेरिएको छ । तर ट्रम्पले भने आफ्नो पत्रको बचाउ गरेका छन् र महाअभियोगको प्रक्रियाको सुरुवात नै संवैधानिक आधारमा नभएको आरोप लगाएका छन् ।