३० आश्विन २०८३, शुक्रबार

सामसङले ल्यायो ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ नेपालमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपालमा रहेका कोरियन संस्कृति र संगीत पारखीहरुका लागि अब एउटा खुशीको खबर थपिएको छ । आफूलाई के पपको साँगितिक आकर्षणमा उभ्याइसकेका र त्यसको प्रयासमा रहेका युवा–युवायुवतिकालागि सामसङले ल्याएको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ ले त्यो अवसर जुटाइदिएन लागेको हो ।

दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगीत विधा के–पप (कोरियाली पप) ले नेपालमा समेत बजार ओगटिरहेका बेला लोकप्रिय संस्कृतिलाई समेटेको संगित विधा के–पपले नेपाली बजारमा समेत राम्रो स्थान पाइसकेको विद्यमान अवस्थामा ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ नेपालमा ल्याउने उद्घोषसँगै कोरियन संस्कृतिवाट भरिपूर्ण डान्स प्रति आकर्षण भएका युवायुवतिका लागि यो अवसर जुटेको हो ।

ब्ल्याक पिंक डान्स फेस्टिवल’ ले कोरियाली गित/संगित प्रेमीकालागि एउटा नविनतम प्लेटफर्म (अवसर) सृजना गरिदिएको मात्र होइन सामसङको ए एटी सिरिजका चार–चार वटा फोन एकैपटक जित्न सक्ने अवसर समेत ल्याएको छ । त्यतिमात्र नभई यसका सहभागि १० टिमले ५/५ हजार रुपैयाँ भन्दा बढीका गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने छन् ।

यही डिसेम्वरको २८ मा काठमाडौँको सिल्भर ओक बांकिट एन्ड सेन्टर, गैरीधारामा हुन लागेको कोरियन म्युजिक डान्समा सहभागीता जनाउनका लागि सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले कुनै पनि के पप सङ्गमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारीक वेबसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने छ ।

त्यसका लागि कम्पनीले डिसेम्वर २० सम्मको समय उपलब्ध गराएको छ । त्यस अवधिसम्ममा आफ्नो के पप म्युजिकको डान्स भिडियो कम्पनीको इमेल दउष्लप।अयखभचमबलअभ२नmबष्।िअयm मा पठाउनुपर्नेछ । यसरी उपलब्ध गराउनेहरु मध्ये निर्णायक मण्डलले २२ डिसेम्वरमा १० व्यक्ति/टोलीको छनौट गर्ने छ ।

यसरी छनौट गरिएका १० प्रतिष्पर्धीले सामसङ नेपालका तर्फबाट ५/५ हजार भन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गर्नेछन् भने प्रतिष्पर्धाको दोस्रो चरण अर्थात २८ डिसेम्वरमा आयोजना हुने फाइनल राउण्डमा ४ सय भन्दा बढी दर्शककाबीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर प्राप्त गर्नेछन् ।

त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालमा ग्रिफ्ट प्राप्त गर्नेछन् ।

प्रतिष्पर्धाका लागि विशेष किसिमको कुनै नियम वा उमेर समूह नतोकिएको भएपनि यस विषयमा कुनै दुविधा भए सामसङ नेपालको अफिसियल फेसवुक पेज समेत हेरेर अफूलाई आवश्यक पर्ने जानकारी लिन सकिने छ ।

फाइनलमा पुगेका १० टिम मध्ये टप थ्रि मा पर्ने टिमलाई सामसङ नेपलका तर्फवाट विशेष पुरस्कार प्राप्त हुने छ । जसमा प्रथम हुने टिमलाई चार सेट सामसङ ए एटी फोन, द्धितिय हुनेलाई सामसङ ए फिफ्टी एस र तृतीय हुनेलाई सामसङ ए थर्टी एस फोन सेट उपलब्ध हुनेछ ।

के पप विदेशी बजारमा निकै प्रचलित कोरियाको संस्कृति झल्काउने सांगितक कार्यक्रम हो । नेपाली बजारमा रहेका गित÷संगितका प्रेमीहरुलाई पनि त्यो अवसरमा सहभागिता जनाउने, आफ्नो कला देखाउने र यस्ता गित/संगितप्रति इमोसनल्ली एट्याच हुने अवसर सृजनागर्ने उद्धेश्यले सामसङले यसै बर्षदेखि नेपालमा यो अभियानको शुरुवात गरेको हो । नेपालमा कोरियन गित विगत देखि नै निकै पपुलर पनि छन् ।

ब्ल्याक पिंक कभर डान्स कन्टेस्ट नामको यो सांगितिक कार्यक्रम के–पपको ग्राण्ड इभेन्ट अर्थात फाइनलमा सहभागिता जनाउन कुने शुल्क लाग्दैन । यसका सहभागिता जनाउन दर्शकले इन्ट्री पास मात्र लिए पुग्छ ।

के पप कोरियाली पप अर्थात दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगीतको विधा हो । यो विधा सन् १९९० पछि शुरु भएको पाइन्छ । हाल कोरियमा मात्र नभई विश्वका धेरै मुलुकमा के पप प्रसिद्ध छ ।

के-पपको आधुनिकरुप सन १९९२ पछि भएको मानिन्छ । जसले पुवी एशिया र दक्षिण पुर्व मात्र नभई पाकिस्तान, बंगलादेश, भारत, ल्याटिन अमेरिका, उत्तर अफ्रिका, दक्षिण अफ्रिका, मध्यपुर्व र पश्चिम विश्वभरी व्यापक दर्शकहरु प्राप्त गर्न सकेको छ ।