३० आश्विन २०८३, शुक्रबार

चिनियाँ राजदूतावासद्वारा प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ पुस । नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासबाट महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदुतावासका प्रथम सचिव वाङ्ग जिआओ लोङ्गले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ्ग जिआओ लोङ्गबाट महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सिसिटिभि कक्षको अवलोकन भ्रमण समेत भएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागि चिनियाँ राजदूतावासलाई धन्यवाद व्यक्त गरे ।

उपलब्ध भएका २३ वटा मोटरसाइकललाई आवश्यकताअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले जानकारी दिए ।

चिनियाँ राजदूतावासका प्रतिनिधि प्रथम सचिव वाङ्गले मोटरसाइकल हस्तान्तरण कार्यक्रमले शदियौंदेखिको नेपाल चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गर्दै मोटरसाइकलहरूको सहयोग यसै प्रगाढ सम्बन्धको प्रतिक भएको विचार व्यक्त गरे ।

उक्त सहयोगले काठमाडौं उपत्यकाका अत्याधिक जनघनत्व र भौतिक संरचनाहरूको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अवस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्ने विश्वास लिइएको छ ।