३० आश्विन २०८३, शुक्रबार

दुई मानव कङ्काल फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

फिदिम, १ पुस । पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ ।

प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव कङ्काल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अनुसन्धानबाट उक्त कङ्काल फिदिम नगरपालिका वडा नं ८ का ५२ वर्षीय हर्कबहादुर सुनुवारको रहेको पुष्टि भएको छ । सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेका परिवारजनले प्रहरीलाई बताएका छन् ।

यस्तै आइतबार नै फिदिम नगरपालिका वडा नं १४ लुङरुपामा अर्को मानव कङ्काल फेला परेको छ । उक्त मानव कङ्काल पुरुष व्यक्तिको रहेको कपडा तथा कङ्कालसँगै रहेका अन्य सामग्रीका आधारमा पहिचान भए पनि कसको हो भन्ने पत्ता लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो ।

उक्त मानव कङ्काल झण्डै छ महिनाअघिबाट सडेको अनुमान गरिएको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । –रासस