१ कार्तिक २०८३, शनिबार

अमेरिकामा नेपालीद्धारा भारतले गरेकाे सीमा अतिक्रमणविरुद्ध प्रदर्शन

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्वाइट हाउस, ३० मंसिर । अमेरिकामा रहेका नेपालीहरुले भारतीय विस्तारवादविरुद्ध प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा ह्वाइट हाउस अघि प्रदर्शन गरिएको हो ।

अतिक्रमणको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका हुन् ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक चक्कर लगाएपछि अगाडि बढेको विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर सम्पन्न भएको थियो । वानाका पूर्व अध्ययक्ष तथा ट्रष्टी सभापति कुलमणि आचार्यको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठले भारतले गरेको नेपाली भूमि अतिक्रमणको बारेमा जानकारी गराएका थिए । यस्तै, वरिष्ठ लोकगायक प्रेमराजा महतले देशभक्तिपूर्ण ओतप्रोत भएको गीत सुनाएका थिए भने लोकगायक रामप्रसाद खनालले भारतलाई व्यंग्य गर्ने कविता वाचन गरेका थिए ।

यसैगरी डिसी क्षेत्रका कलाकारद्वय खेम संग्रौला तथा श्याम सुन्दर आचार्यले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत प्रस्तुत गरेका थिए ।

उक्त विरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषामा नाराहरु लेखिएका प्रचार सामग्री प्रदर्शन गरिएको थियो ।

सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए । विभिन्न व्यानर र पेल्येकार्डसहित निस्केको उक्त जुलुसको स्वामसेवक कमान्ड प्रवासी नेपालि मन्च अमेरिकाका राष्ट्रीय अध्यक्ष प्रभु थापाले ताईक्वान्डो मास्टर कुमार कार्की ,कूष्ण वहादुर वलाल गिनिज रेकडधारी उज्जल ठकुरीको सहयोगमा व्यवस्थित तरिकाले सम्पन्न गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका महावाणिज्य दुत प्रेमराजा महत ,राप्रपा नेपालका के महामन्त्री प्रेमकुमार श्रेष्ठ, एनआरएन अमेरिकाका संयोजक राजन त्रिपाठी, एएनए अध्ययक्ष मेदनी अधिकारी, ओएनएफ अध्ययक्ष प्रभु थापा, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष केशव वडाल, वानाका अध्ययÞक्ष सुवोधविलास पन्त, ईन्जाका अध्ययक्ष गुणराज लुईटेलकाे उपस्थिति थियाे ।

त्यस्तै, नासियाका अध्यक्ष विनय अर्याल, एएनएस अध्ययक्ष प्रभा देउजा लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरू, खेलाडी, कलाकार पत्रकार लगायत अमेरिकाको मेरिल्यान्ड, भर्जिनिय लगायत अन्य राज्यहरूवाट पनि सयौ नेपाली दाजुभाई दिदिबहिनिहरूको उपस्थित थियो ।

भारतीय राजदुतावास अगाडि गएर विसर्जन भएको उक्त कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक कुलमणि आचार्यले कार्यक्रमलाई भव्य सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबै नेपाली दाजुभाई दिदिबहिनिहरूलाई धन्यवाद दिँदै यो प्रदर्शनीका अडियो भिडियोसहित भारतीय, ब्रिटिश, नेपाली दुतावास र अमेरिकी ईष्टेट टिपार्टमेन्ट र एशिया क्षेत्र हेर्ने ककस सम्म बुझाउने जानकारी दिए ।