३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय सम्मानका साथ भट्टराइको अन्त्येष्टी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।

उनलाई नेपाल प्रहरीले सलामी दिएको थियो भने श्रद्धाञ्जलि दिनका लागि सूचना, प्रविधि तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए । भट्टराइलाई १५ वर्षका छोराले दागवत्ती दिएका थिए ।

भट्टराइको आइतबार राती निधन भएको थियो । उनको शवमा संचारमन्त्री बास्कोटाले नेपालको झण्डा ओडाएका थिए । यस्तै, कलाकार दीपक क्षेत्रीको पनि अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको छ । दीपकको निधन शनिबार भएको थियो ।