३० आश्विन २०८३, शुक्रबार

ओपोद्वारा नेपालमा एनाइन २०२० को भ्यानिला मिन्ट एडिशन सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० मंसिर । ओपोले नेपालमा सर्वाधिक लोकप्रियता कमाउन सफल आफ्नो ए(सिरिज अन्तर्गतको, एनाइन २०२० लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ ।

नजिकिँदै गरेको क्रिस्मस र न्यू(ईयर लक्षित गर्दैै, आफ्नो ब्राण्ड र उत्पादनलाई दिएको अपार मायाँ र सफलताका लागि उपभोक्ता माझ कृतज्ञतास्वरुप कम्पनीले यो नयाँ भेँट प्रस्तुत गरेको हो ।

सर्वाधिक मितव्ययी ८ जीबी मोबाइल फोन

यसै वर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक एनाइन २०२० ले बजारमा सर्वाधिक मितव्ययी मूल्यमा उपलब्ध ८ जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको छ ।

सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट ईडिसनमा सार्वजनिक गरेको हो । ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टिटास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटफर्म जडान गरिएको छ ।

साथै, यसमा जीबी र्‍यामका साथमा १ सय २ जीबी सञ्चय क्षमतापनि उपलब्ध गरिएको छ । यसमा रहेको ११ एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै, उर्जा खपतमा समेत तेवा पुर्याउँछ ।

क्यामेरा प्रणाली

फोनमा प्रयोगकर्तालाई उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने सोचका साथ एफ/१.८ एपर्चरका सहितको ४८ एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफ भ्यू दिने अल्ट्रा वाइड ८-एमपी लेन्सपनि उपलब्ध गरिएको छ ।

यो उपकरणले फोरके भिडियोपनि सपोर्ट गर्छ । यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको छ ।

फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्रीले मज्जाले एक दिन भन्दा लामो समय सम्म टिक्छ । लामो समयसम्म गेमिङ तथा चलचित्रको मज्जा लिनेहरुका लागि समेत यो फोन निकै उपयुक्त छ । लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री ११ घण्टासम्म सजिलै टिक्छ ।

ओपो एनाइन २०२० को भ्यानिला मिन्ट एडिसनका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘अत्याधुनिक स्पेसिफिकेशन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२० ले नेपालमा निकै लोकप्रियता कमाउन सफल रहेको छ । क्रिस्मस र न्यू(ईयर नजिकिँदै गर्दा चिसो मनोरम मौसमको मज्जा लिइरहेका हाम्रा उपभोक्तासंग खुशी साट्ने सोचका साथ हामीले एनाइन २०२० अन्तर्गत भ्यानिल मिन्ट एडिसन सार्वजनिक गरेका हौँ । यसले उपभोक्ताको थप नजिक हुन सघाउ पुग्नेमा हामी आशावादी छौँ ।’

मूल्य र उपलब्धता

कम्पनीको नेपालभर रहेका प्रमुख विक्रि केन्द्र मार्फत ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसन सहजै उपलब्ध गरिएको छ । कम्पनीले यसको बजार मूल्य ३३ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । फोन बजारमा पछिल्लो पटक सार्वजनिक गरिए झँै मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि उपलब्ध रहेका छन् ।