
जुम्ला, ३० मंसिर । जुम्लाको तिला गाँउपालिका ९ का १२ जना स्थानिय जडीबुटी खोज्न गएका बेपत्ता भएका छन् । उनिहरु चार दिनदेखि बेपत्ता रहेका छन् ।
सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी संकलन गर्ने भनेर उनीहरु शेरा फूलबारी पाटनतर्फ गएका थिए । बेपत्ता हुनेमा ढिपु गाउाका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन्।
पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार तिला गाउापालिका–६ नेटा भन्ने ठाउामा चिसोले कठ्याङ्ग्रिएर बोहोराको मृत्यु भएको र चार गोठाला सकुशल फर्केका छन्।
भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ। स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन्।












प्रतिक्रिया