नयाँदिल्ली, ३० मंसिर । भारतको संसदले गत बुधबार नागरिकता सम्बन्धी नयाँ कानुन पारित गरे लगत्तै सुरु भएको प्रदर्शन दिल्ली पुगेको छ।
नागरिकताबारेको नयाँ कानुनको विरोधमा विद्यार्थीहरुले प्रहरी मुख्यालय बाहिर प्रदर्शन समेत गरेका छन्।
प्रदर्शनकारीहरुले सराय जुलेना तथा मथुरा रोडमा केही डिटीसी बस समेत जलाएका छन् भने प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । जामिया विश्वविद्यालयका प्राध्यापकले भनेका छन्, ‘ जबरन क्याम्पसमा घुसेर प्रहरीले विद्यार्थीमाथि कुटपिट गरेका छन्।’
यता, प्रहरीविरुद्ध जामियाका विद्यार्थीहरुले घोर भर्त्सना र आगलागीको निन्दा गरेका छन्। उनीहरुले प्रहरी मुख्यालय अगाडि प्रदर्शन गरिरहेका छन्।
प्रदर्शन हुन थालेपछि आइटीओ, दिल्ली गेट, प्रगति मैदान र मेट्रो स्टेशन बन्द गरिएको छ।















प्रतिक्रिया