
काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा तयार राजनीतिक प्रस्तावलाई अनुमोदन गर्दै स्थायी समिति बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कालापानी र लिपुलेकलगायत भारतसंगका सिमामा भएको समस्याको विषयलाई पनि स्थायी समितिमा छलफल गराउने एजेण्डा बनाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थायी समिति बैठकबाट नै केन्द्रीय समिति बैठक आह्वान गर्ने तयारी नेतृत्वले गरेको छ ।















प्रतिक्रिया