१४ कार्तिक २०८३, शनिबार

राष्ट्र बैंकको निर्देशन प्रति नेपाल वितिय संस्था कर्मचारी संघको आपत्ति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । राष्ट्र बैंकले नियम विपरीत बैंक तथा वित्तीय संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा दर्ता हुन जारी गरेको निर्देशनप्रती नेपाल वितिय संस्था कर्मचारी संघ (फियन) ले आपत्ति जनाएको छ ।

फियन राष्ट्रिय समितिले राष्ट्र बैंकका गभर्नरको कार्यालयमा शुक्रबार ध्यानाकर्षण पत्र दर्ता गर्दै आपत्ति जनाएका हुन् ।

राष्ट्र बैंकले बुधबार कोषमा दर्ता हुन सुचना जारी गरेपछी बैंक तथा वितिय संस्थालाई नियमन गर्ने संस्था भए पनि कोषमा दर्ता हुन निर्देशन दिने कार्य नियम विपरीत र कार्य क्षेत्रधिकार बाहिर रहेको फियनको तर्क छ ।

सामाजिक सुरक्षा योजनामा जाँदा वितिय क्षेत्रका कर्मचारीहरुले पाईरहेको सेवा सुविधाको ग्यारेण्टी गरेर मात्र सामाजिक सुरक्षा योजनामा सहभागी हुने व्यवस्था गर्नु पर्ने, हाल नोकरी अवधी ३० वर्ष मा उमेर ५८ वर्षमा अवकाश भए पनि कोषमा जाादा ६० वर्ष पुग्नै पर्ने छन् भन्ने फियनकाे तर्क रहेकाे छ ।

त्यस्तै निवृतिभरण वापतको रकम भुक्तानी र उमेर अन्तरको समस्यालाई सम्बोधन गर्नु पर्ने, बैंक तथा वितिय संस्थाहरुमा कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा जम्मा गर्दा र अवकाशपछि भुक्तानी लिदा तिर्नुपर्ने दोहोरो कर व्यवस्थालाई संशोधन गर्नु पर्ने छन् ।

कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषबाट पाउने सहुलियत ऋण सुविधाको व्यवस्था हुनुपर्ने, सामाजिक सुरक्षा कोषलाई ऐच्छिक बनाउनु पर्ने र अनौपचारिक क्षेत्र जसले केहि पनि सुविधा पाएका छैनन् शुरुमा त्यहााका श्रमिकहरुलाई समावेश गर्नुपर्ने उल्लेख छ ।