
सिन्धुपाल्चोक, मंसिर २९ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका – ७ को ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेकाे छ ।
कालिन्चोक भगवतीको दर्शन गरी भक्तपुर फर्कदैं गरेको बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस दुर्घटनामा परेको थियो ।
हालसम्म १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
घटनास्थलमा प्रहरी पुगिसकेकोले उद्धारकार्य भइरहेका र मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । बस करीब ३ सय मिटरमिटर तल खसेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया