३० आश्विन २०८३, शुक्रबार

चन्द्रौटामा आँखा शिविर र रक्तदान, ३७ ले गरे रक्तदान, २५० बढीको आँखा जाँच

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चन्द्रौटा, २८ मंसिर । हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेड चन्द्रौटाको आयोजनामा चौथो रक्तदान र निःशुल्क आँखा शिविर कार्यक्रम गरिएको छ ।

चन्द्रौटास्थित आवर मदरल्याण्ड एकेडेमी प्राङ्गणमा आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने मूल नारासहित आयोजित रक्तदान कार्यक्रममा बुटवल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।

रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सहकारीले चौथो पटक रक्तदान कार्यक्रम गरेको सहकारीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।

हामीले दान गरेको रगतबाट जो कोहीले पनि जीवनदान पाउने विश्वासका साथ रक्तदान जस्तो पुण्य कार्यलाई निरन्तरता दिएको सुवेदीले बताए । यसैगरी सोही कार्यक्रमस्थलमा रण अम्बिका शाह आँखा अस्पताल कृष्णनगर शाखाको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा २ सय ५० बढीले आँखा जाँच गराएको आयोजक संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिए । आँखा जाँचका क्रममा २६ जनामा मोतिया विन्दु फेला परेको बताइएको छ । मोतिया विन्दुको कृष्णनगरमा निःशुल्क सल्यक्रिया हुने आयोजक संस्थाका अध्यक्ष सुवेदीले जनाएका छन् ।