३० आश्विन २०८३, शुक्रबार

बाँझो जमिनमा घाँस काट्दा महिलाकाे हत्या

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २८ मंसिर । रुपन्देहीमा एक महिलाको महिलाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका १० कान्छीबजारकी ५५ वर्षीया कमलादेवी परियारको हत्या भएको हो ।

कान्छीबजारको बाँझो जमिनमा घाँस काट्दै गरेकी उनलाई सोही स्थानीय २७ वर्षिया विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङले महिलामाथि धारिलो हतियार प्रहार गरेका छन् । घाँटीमा गम्भीर चोट लागेपछि उपचारको क्रममा महिलाको मृत्यु भएको बताइएको छ । हत्या गर्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामान्य विवादमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।