
काठमाडौँ, २८ मंसिर । नेपाली चलचित्रका वरिष्ठ कलाकार दीपक क्षेत्रीको शनिबार निधन भएको छ । ५८ वर्षीय क्षेत्रीको डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शनिबार दिउँसोसम्म पनि कोठाको ढोका नखोलेपछि प्रहरीले करिब २ बजे ढोका फोरेर हेर्दा क्षेत्री मृत अवस्थामा भेटिएको जनाएको छ ।
अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ ।
जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका छन् ।















प्रतिक्रिया