३० आश्विन २०८३, शुक्रबार

जमुनापुर हेल्प सोसाइटीको साधारण सभामा पत्रकार सिंखडा सम्मानित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, २८ मंसिर । रत्ननगर १२ मा रहेको जमुनापुर हेल्प सोसाइटीको ५औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारण सभामा संस्थाको तर्फबाट पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट स्थानीय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार सिंखडालाई नगद सहित सम्मान पत्रले सम्मानित गरिएको थियो ।

सोही कार्यक्रममा संस्थालाई आर्थिक सहयोग गर्नुहुने सहयोगीदाता तथा सामाजिक व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का सांसद कन्चन खनाल, संस्थाका आर्थिक व्यवस्थापन समितिका संयोजक शिवराम केसी, सामुदायिक सहयोग केन्द्र नेपालका अध्यक्ष केशव पाण्डे, रोटरी क्लव अफ काठमाडौँ नर्थका पूर्व अध्यक्ष ऋषिराज उपाध्याय, रत्ननगर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष दिल बहादुर पाख्रिनले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका सल्लाहकार संयोजक कपिलदेव सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष रामहरि अधिकारी, पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहका सचिव चन्द्रकला पनेरु, समाज कल्याण परिषद्का पूर्व सदस्य लक्ष्मी कोइराला, राष्ट्रिय आधारभूत विद्यालय जमुनापुर ‘क’ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शान्ति वाग्लेले कविता वाचन गरेकी थिइन् भने संस्थाका अध्यक्ष रविन्द्र जङ्ग थापाले संस्थाको प्रगति प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष सुजिन्द्र बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा सामुदायिक सहयोग केन्द्र नेपालले स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराउने घोषणा गरेका थिए । संस्थाका अध्यक्ष रविन्द्र जङ्ग थापाको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष रमेश बाबु कट्टेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो जमुनापुर हेल्थ सोसाइटी मार्फत् हाल बहुउद्देश्यीय भवन निर्माण कार्य भइरहेको छ । सो भवन निर्माण सम्पन्न भएपछि स्थानीयहरुले विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।