५ कार्तिक २०८३, बिहिबार

टुट्यो सञ्चार सम्पर्क

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २८ मंसिर । हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ। बडिमालिका र बूढीनन्दा नगरपाकिालको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो।

मार्तडी कोल्टी सडक पूर्ण रूपमा बन्द भएको छ। चार–पाँच फिट हिउँ जमेकाले हिँडडुलमा समस्या भएको स्थानीयले बताएका छन्। सडक अवरुद्ध हुँदा मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधन रोकिएका छन्। सडक, बाटो पूर्ण रूपमा बन्द भएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताएका छन्।

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन्। सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जिप सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ।

कोल्टी क्षेत्र सञ्चारविहीन बनेको छ। जिल्लाका नौवटा स्थानीय तहमध्ये चारवटा स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले बताएको छ।

कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट वञ्चित भएका हुन्। नागरिक दैनिकले खबर छापेकाे छ ।