
काठमाडौँ, २७ मंसिर । सानिमा बैंकको १५ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौर संगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैँकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
मंसिर २७ गते शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

सानिमा बैँकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सानिमा बैँकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटीएम रहेको छ ।















प्रतिक्रिया