३० आश्विन २०८३, शुक्रबार

हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २७ मंसिर । पश्चिमी वायुका कारण गएरातीदेखि डडेल्धुरामा निरन्तर रुपमा झरी परिरहेको छ । निरन्तरको झरीसँगै विहानैदेखि परेको हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

भिमदत्त राजमार्ग अन्र्तगत साहुखर्क र हगुल्टेलेकमा आधा फिट जति हिमपात भएकोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।राजगमार्ग अवरुद्ध भएसंगै यात्रामा रहेका यात्रुहरु भने हिउ खेल्न रमाई रहेका छन् । हिउँले गर्दा गाडी रोकिएको छ हामी हिउँ खेल्दै बसेका छौँ यात्रु ईश्वरी पन्तले बताए ।

वर्षा भईरहेकाले अहिले पनि ति स्थानहरुमा हिमपात भईरहेको स्थानीयहरुले बताएका छन् । हिउँदे झरीका साथै हिमपातका कारण जिल्लामा अत्याधिक चिसो बढेको र चिसोका कारण जनजिवनका साथै विभिन्न विद्यालयमा संचालन भईरहेका अर्धवार्षिक परिक्षा समेत प्रभावित भएका छन् ।

हिमपातका कारण डडेल्धुराको भिमदत्त राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएका थिए दशरथ चन्द राजमार्गको अनार खोलीमा करिव २ घण्टा अवरुद्ध भएको बाटो डोजरले हिउ सफा गरि सुचारु गराएको छ ।

भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेलेकमा भएको हिउ हटाउनका लागि डोजर पठाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले बताएका छन् ।

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, बझाङ र बाजुरा जिल्लामा हिमपात भएको छ ।