
पर्सा, २६ मंसिर । पर्सामा ११ किलो चरेश सशस्त्र प्रहरीले बरामद गरेको छ । जगरनाथ गाउँपालिका १ पिडारी गुठी स्थित औरिया खोलाबाट मंसिर २६ गते चरेशको उक्त परिणाम बरामद गरेको हो ।
बीआर २२ जेट ३१२५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले बरामद गरेको हो ।
चरेश ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै चरेश तथा मोटरसाईकल छोडी फरार भएका थिए ।















प्रतिक्रिया